" वैदेशिक रोजगारको लागि न्युजिल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-३१
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी दिप्ती के.सी. भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित प्रतिवादी दिप्ती के.सी.लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०३।२९ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०३।३० गते वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाईएको ।
१. नाम थर :- दिप्ती के.सी.
उमेर
:- २३
वर्ष
स्थायी वतन :-
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.०९ ।
देश :- न्युजिल्याण्ड
बिगो रकम :-
रु. १३,००,०००।–(तेह्र लाख)
पक्राउ मिति
:- २०८२।०३।२९ गते
पक्राउ स्थान
:- काठमाण्डौ जिल्ला का.म.न.पा.
वडा नं.०१ ।
पिडित संख्या
:- १ जना