“नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-३१
- A
- A-
- A+
सुन जस्तो देखिने पहेंलो धातुको ढिक्कालाई सुन हो, सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी मिति २०८१।०८।०८ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. २१ खोकना बस्ने बर्ष ४४ को आशारत्न डंगोललाई नेपाली नगद रु. २५,००,०००।–(पच्चीस लाख) र मिति २०८२।०३।१८ गते जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को रामचन्द्र गहतराजलाई नगद रु. ७,००,०००।–(सात लाख) ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न कर्णध्वज लिम्बु समेत ३ जनालाई मिति २०८२।०३।३० गते जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ५ श्रीटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाईएको ।
१. जिल्ला ताप्लेजुङ फाकुम्बा
गा.पा. वडा नं. ६ हाल जिल्ला ललितपुर सातदोबाटो बस्ने बर्ष ६० को कर्णध्वज लिम्बु
।
२. जिल्ला रामेछाप शैलुङ्ग
गा.पा. वडा नं. ८ दोरम्बा हाल जिल्ला ललितपुर सातदोबाटो बस्ने बर्ष ३६ को बिजय
तामाङ ।
३. जिल्ला ताप्लेजुङ मिरिङदुयान गा.पा. वडा नं. २ हाल जिल्ला ललितपुर सातदोबाटो बस्ने बर्ष ४४ को बिरेन लिम्बु ।
बरामद सामानहरु:-
Ø धातुको ढिक्का थान-१ ।
Ø पहेलो रंगको धातुको चारपाटा ढिक्का थान-१
Ø फलामको हम्बर थान-१
Ø आधी भाग भाँचिएको चक्कु थान-१
Ø Redmi कम्पनीको मोबाइल समेत थान- ६
Ø Honda कम्पनीको Dio स्कुटर थान-१
ठगी भएको जम्मा मुल्य रु.
३२,००,०००।–(बत्तीस लाख) ।