प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०७ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको

पक्राउ व्यक्तिको विवरण:-

१. नाम थर      :- सन्तोष सुनुवार

उमेर           :- ४२ वर्ष

स्थायी वतन :- जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं.०८ ।

हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०७ ।

देश             :- कुवेत

विगो रकम    :- रु. १,५३,०००।-(एक लाख त्रिपन्न हजार)

पक्राउ मिति  :- २०८२/०/०२ गते ।

पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०७ ।

पीडित संख्या :- जना

पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

पठाइएको मिति:- २०८२।०४।०२ गते         


सम्बन्धित समाचार
" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-०२

ज्योती श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तेजुमाया गुरुङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९।०४।१७ गतेको फैसला बमोजिम रु.३,५०,०००।-(तीन लाख पचास हजार) जरिवाना, ३ (तीन) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.१६,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेकी निज प्रतिवादी तेजुमाया गुरुङलाई मिति २०८२।०४।०२ गते अं.१०:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ०४ सुकेधाराबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरण: नामथर : तेजुमाया गुरुङउमेर     : ५० बर्षठेगाना  : जिल्ला ईलाम सन्दकपुर गाउँपालिका वडा नं.२ माईमाजुवा हाल      : जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ०४ सुकेधाराअनुसन्धानबाट थप खुल्न आएको विवरण: प्रहरी वृत्त महाराजगंजमा बिगो रु २,००,०००।–(दुई लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०१

वादी नेपाल सरकार प्रतिवादी भुवन भन्ने अमित पाठक भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८२।०२।२७ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: भुवन भन्ने अमित पाठक   उमेर: २८ बर्ष   ठेगाना: जिल्ला बाग्लुङ, बाग्लुङ न.पा.वडा नं.१३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ रानीवारी बस्ने   पक्राउ मिति: २०८२।०३।३२ गते   पक्राउ स्थान:  जि. काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ८ जरंखु  

“फरार प्रतिवादी पक्राउ "
२०८२-०४-०१

वादी नेपाल सरकार प्रतिवादी बिजय मिश्र भएको बैंकिङ कसुर मुद्दामा सम्मानित लमजुङ जिल्ला अदालतको फैसलाले १ (एक) दिन कैद र रु. २,००,०००/-  (दुई लाख रुपैया ) जरीवाना, पीडित राहत कोषमा ८,०००( आठ हजार) क्षतिपूर्ती शुल्क भराउने ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई पक्राउ गरी यस कार्यालयमा उपस्थित गराई दिन हुन भनि इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङको  च.न. ५६८ मिति २०८२।०२।१९ गतेको पत्र प्राप्त पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बिजय मिश्र,   उमेर: ३९ बर्ष,   ठेगाना : जि. लमजुङ सुन्दरबजार न.पा. वडा नं. १ स्थायी घर भई हाल जि. काठमाण्डौ टोखा न.पा. वडा नं. १० प्रगतीनगर बस्ने,   पक्राउ मिति: २०८२।०३।३२ गते,    पक्राउ स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा.१६ वनस्थली,  

" वैदेशिक रोजगारको लागि न्युजिल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-३१

वादी नेपाल सरकार प्रतिवादी दिप्ती के.सी. भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित प्रतिवादी दिप्ती के.सी.लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०३।२९ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०३।३० गते वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाईएको ।१.      नाम थर         :- दिप्ती के.सी.उमेर             :- २३ वर्षस्थायी वतन   :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.०९ ।देश               :- न्युजिल्याण्डबिगो रकम     :- रु. १३,००,०००।–(तेह्र लाख)पक्राउ मिति    :- २०८२।०३।२९ गतेपक्राउ स्थान   :- काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.०१ । पिडित संख्या  :- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-३१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- राम बहादुर थिङउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला बारा निजगढ न.पा. वडा नं.१२ ।हाल           :-  जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ ।देश             :- मलेसियाविगो रकम    :- रु. ३,९९,०००।-(तीन लाख उनान्सय हजार)पक्राउ मिति  :- २०८२/०३।२९ गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- प्रेम कृष्ण श्रेष्ठउमेर           :- ५३ वर्षस्थायी वतन :- जिल्ला चितवन राप्ती न.पा. वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ । देश            :-  क्रोएसियाविगो रकम   :- रु.८,००,०००।-(आठ लाख)पक्राउ मिति  :- २०८२/०३/३० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :-  सबिक राई उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु माप्य दुधकोशी गा.पा. वडा नं.०४ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । देश            :-  कतारविगो रकम   :- रु.३,५०,०००।-(तीन लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०३/३० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १० जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :-  मनोज महर्जनउमेर           :- ४४ वर्षस्थायी वतन :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०३ । देश            :-  क्यानडाविगो रकम   :- रु.१,३४,२५,०००।–{एक करोड चौतिस लाख पच्चिस हजार/ हाल सम्म खुल्न आएको}पक्राउ मिति  :- २०८२/०३/३० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३ । पीडित संख्या :- १० जना(हाल सम्म खुल्न आएको) पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । 

“नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-३१

सुन जस्तो देखिने पहेंलो धातुको ढिक्कालाई सुन हो, सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी मिति २०८१।०८।०८ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. २१ खोकना बस्ने बर्ष ४४ को आशारत्न डंगोललाई नेपाली नगद रु. २५,००,०००।–(पच्चीस लाख) र मिति २०८२।०३।१८ गते जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को रामचन्द्र गहतराजलाई नगद रु. ७,००,०००।–(सात लाख)  ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न कर्णध्वज लिम्बु समेत ३ जनालाई मिति २०८२।०३।३० गते जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ५ श्रीटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाईएको ।१.      जिल्ला ताप्लेजुङ फाकुम्बा गा.पा. वडा नं. ६ हाल जिल्ला ललितपुर सातदोबाटो बस्ने बर्ष ६० को कर्णध्वज लिम्बु । २.      जिल्ला रामेछाप शैलुङ्ग गा.पा. वडा नं. ८ दोरम्बा हाल जिल्ला ललितपुर सातदोबाटो बस्ने बर्ष ३६ को बिजय तामाङ । ३.      जिल्ला ताप्लेजुङ मिरिङदुयान गा.पा. वडा नं. २ हाल जिल्ला ललितपुर सातदोबाटो बस्ने बर्ष ४४ को बिरेन लिम्बु ।बरामद सामानहरु:- Ø धातुको ढिक्का थान-१ ।                                                                   Ø पहेलो रंगको धातुको चारपाटा ढिक्का थान-१ Ø फलामको हम्बर थान-१ Ø आधी भाग भाँचिएको चक्कु थान-१ Ø Redmi कम्पनीको मोबाइल समेत थान- ६ Ø Honda कम्पनीको Dio स्कुटर थान-१                 ठगी भएको जम्मा मुल्य रु. ३२,००,०००।–(बत्तीस लाख) ।