“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०६
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी कृष्ण कुमार श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१०।१५ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: कृष्ण कुमार श्रेष्ठ
उमेर: ३७ बर्ष
ठेगाना: जिल्ला पर्सा ठोरी गा.पा.
वडा नं.४ घर भई हाल जि. काठमाण्डौ नागार्जुन न.पा. वडा नं.२
शान्तिनगर चोक बस्ने
पक्राउ मिति: २०८२।०४।०६ गते
पक्राउ स्थान: जि.काठमाण्डौ नागार्जुन न.पा. वडा नं. २ शान्तिनगर चोक