“ २ ( दुइ ) के.जि. अवैध सुन तथा नगद रकम सहित मानिसहरु पक्राउ”
२०८२-०४-०६
- A
- A-
- A+
चिनिँया
नागरीक CHUNLIN
TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ज्याँठा स्थित JIU DING YUAN BIN GUAN होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने सूचना प्राप्त भए
प्रश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति
२०८२।०४।०५ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ स्थित
JIU DING YUAN BIN GUAN होटलको
तेस्रो तलामा रहेको कोठा नं. ३०४ मा चिनिँया नागरिक CHUNLIN TAN र XUEMEI ZOU लाई पक्राउ गरी निजहरु रहे/ बसेको
कोठामा विस्कुट आकारमा रहेको सुन थान-२ (दुइ के.जी.) र नेपाली रकम रु; २४,००,०००।– (चौबिस लाख मात्र) समेत
बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर
पठाईएको ।
पक्राउ
व्यक्तिहरु :
१) नाम : CHUNLIN TAN
उमेर : ४६ बर्ष (पुरुष)
ठेगाना : चिन देश SICHUAN घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ज्याँठा
राहदानी नं.:- EN5375943
२) नाम : XUEMI ZOU
उमेर : २४ बर्ष (महिला)
ठेगाना : चिन देश SICHUAN घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ज्याँठा
राहदानी नं.:- EA4657776
बरामद
सामानहरुः
१.
सुन:- २ के.जि.
२.
नगद:- रू. २४,००,०००।– (चौबिस लाख मात्र ) ।
३.
मोवाईल:- थान-२
४.
राहदानी:- थान-२