“ठगी सम्बन्धी कसूर मुद्धाका व्यक्तिहरु पक्राउ”
२०८२-०४-०७
- A
- A-
- A+
घटना
विवरण :-
अमेरीका
जाने प्रयोजनका लागि आफुले तयार गरेका बिद्यार्थीहरुलाई बैंक ब्यालेन्स देखाउन रू.१,२०,००,०००।- (एक करोड बिस लाख मात्र) रकम आवश्यक भएको बहाना बनाई पीडितहरुलाई झुक्याई,
प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गरिदिन अनुरोध गरे अनुसार सो
रकम खातामा जम्मा भए पश्चात सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरी अन्य ब्यक्तिहरुको
बैंक खाताहरुमा स्थानान्तरण गरी/गाराई सम्पर्क विहिन भएकोमा पीडितले दिएको
जाहेरीको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी कार्यमा संलग्न निम्न
व्यक्तिहरुलाई मिति २०८२।०४।०६ गते
जिल्ला काठमाण्डौंका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी
सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली
काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१)
नाम : बिशाल घिमिरे
२) नाम : समिर सिहं
उमेर : २३ वर्ष उमेर
: २५
वर्ष
ठेगाना : जिल्ला काभ्रेपलान्चोक बनेपा
न.पा. वडा नं. २ ठेगाना : जिल्ला सर्लाही
लालबन्दी न.पा.वडा नं.१, नवलपुर
हाल जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं.
१, लोकन्थली हाल जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा नं.९, गौशाला
अनुसन्धानबाट
खुल्न आएका थप तथ्यहरु:
Ø मिति २०८२।०१।१८
गते निज विशाल घिमिरेले बिद्यार्थी भिसामा अमेरिका पठईदिने भनि रु.६१,००,०००।–(एकसठ्ठी
लाख) ठगी गरेको भनि यस कार्यालयमा परेको जाहेरीको आधारमा पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि जिल्ला
प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाईएको ।
३)
नाम : अशोक कुमार यादब
उमेर : बर्ष २६ वर्ष
ठेगाना : जिल्ला सर्लाही
कबिलासी न.पा.वडा नं.९ सल्यानपुर
हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.५
ईमाडोल
बिगो रकम जम्मा रू.१,२०,००,०००।- (एक करोड बिस
लाख मात्र )