" गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-०७
- A
- A-
- A+
घटना विवरण :
आफु गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई विभिन्न
मानिसहरुलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको
फोटोकपी, लगायका कागजातहरु माग गरी फर्जी
कर्मचारी फाराम भराई रकम समेत लिई ठगी गरेको भनि यस कार्यालयमा उजुरी परेकोमा यस
कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले खोजतलास
गर्दै जाँदा जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १३ भिमान चोकमा फेला पारी
पक्राउ गरि ल्याई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली
पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नामथर : गंगा हरि न्यौपाने
उमेर : ४६
(वर्ष)
ठेगाना : जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १३ घर भई हाल का.म.न.पा. वडा नं. ३१
नयाँवानेश्वर ।
अनुसन्धानबाट खुल्न आएका थप तथ्यहरु:
Ø मिति २०६९।०५।२६ गते निज प्रतिवादीले सैनिक अनुसन्धान
तथा आचरण सम्बन्धी मुद्धामा बिशेष अदालतको नक्कली पत्र किर्ते तयार गरी कारागार
कार्यालयमा पेश गरी छुटेको भन्ने प्रहरी प्रतिवेदन ।
Ø मिति २०७४।०१।०८ गते निज प्रतिवादीले भि.आई.पी. कोटामा
शान्ति सेनामा पठाईदिन्छु भनि रु. ४,००,०००।– (चार लाख) ठगी गरेको भन्ने जाहेरी
दरखास्त ।
Ø मिति २०७४।१२।०८ गते निज प्रतिवादीले नख्खु कारागारबाट
कैदी छुटाईदिन्छु भनि कैदीका आफन्तहरुबाट
रु. १२,००,०००।–(बाह्र लाख) लिई ठगी गरेको
भन्ने जाहेरी दरखास्त ।
Ø मिति २०७५।०२।२२ गते निज प्रतिवादीले पीडितलाई जग्गा
बिक्रि गरिदिन्छु भनि जग्गाको लालपुर्जा लिई जग्गा बिक्रि गरी रकम ठगी गरेको भन्ने
जाहेरी दरखास्त ।
Ø मिति २०७५।०५।०९ गते निज प्रतिवादीले बिभिन्न ब्यक्तिलाई
नेपाली सेनाको सहायक-सेनानी बनाईदिन्छु भनि प्रलोभनमा पारी अपराधिक लाभ लिएको
भन्ने जाहेरी दरखास्त ।
Ø मिति २०७९।०९।०७ गते निज प्रतिवादीले काठमाण्डौं जिल्ला
अदालतको किर्ते फैसला बनाई लिखत सम्बन्धी कसूर गरेको भन्ने सम्बन्धी प्रहरी
प्रतिवेदन ।