"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-०८
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- साजन गुरुङ
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला लमजुङ दुधपोखरी गा.पा. वडा नं.०४
।
हाल :-
जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ ।
देश :- जर्मन
विगो रकम
:- रु. १२,८०,०००।-(बाह्र लाख अस्सी हजार)
पक्राउ मिति :- २०८२/०४/०७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :- १ जना
२. नाम थर :- दिपक
थापा
उमेर :- ३६ वर्ष
स्थायी वतन :- जिल्ला रुपन्देही
तिलोतमा न.पा. वडा नं.०१ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं.०८ ।
देश :- जर्जिया
विगो रकम :- रु.६,००,०००।-(छ लाख)
पक्राउ मिति :- २०८२/०४/०७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३० ।
पीडित संख्या :- ३ जना
३. नाम थर :- टेक बहादुर के.सी.
उमेर :- ४७ वर्ष
स्थायी वतन :- जिल्ला दाङ
घोराही उ.म.न.पा. वडा नं.१५ ।
हाल :- जिल्ला काठमाण्डौं कागेश्वरी
मनोहरा न.पा. वडा नं.५ ।
देश :- ग्रिस
विगो रकम :- रु.२१,००,०००।-(एक्काइस लाख)
पक्राउ मिति :- २०८२/०४/०७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :- ६ जना
४. नाम थर :- भरत प्रसाद पाण्डे
उमेर :- ५० वर्ष
स्थायी वतन :- जिल्ला स्याङजा
वालिङ न.पा. वडा नं.०७ ।
हाल :- ललितपुर जिल्ला ललितपुर म.न.पा.
वडा नं.२३ ।
देश :- कोरिया
विगो रकम :- रु.२०,००,०००।–(बिस लाख)
पक्राउ मिति :- २०८२/०४/०८ गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१५ ।
पीडित संख्या :-
३ जना
{ जिल्ला प्रहरी कार्यालय कास्कीमा रु.५,००,०००।– विगो भएको बैंकिङ कसुर मुद्दामा फरार }
५. नाम थर :- प्रेम प्रसाद भुषाल
उमेर :- ३८ वर्ष
स्थायी वतन :- जिल्ला पर्वत
विहादी गा.पा. वडा नं.०४ ।
हाल :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा.
वडा नं.०३ ।
देश :- कोरिया
विगो रकम :- रु.३३,५०,०००।–(तेत्तिस लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०४/०८ गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१५ ।
पीडित संख्या :-
३ जना
{प्रतिवादी प्रेम प्रसाद
भुषाल विरुद्द प्रहरी वृत्त स्वयम्भुमा रु. ६,५०,०००।–को बैंकिङ कसुर सम्बन्धी
मुद्दा र प्रहरी वृत्त गौशालामा रु. ३,००,०००।– विगो भएको बैंकिङ कसुर मुद्दामा
फरार रहेको । }