"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-११
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर
:- हेम बहादुर तामाङ
उमेर :- ४२ वर्ष
स्थायी वतन :- जिल्ला नुवाकोट मेघाङ गा.पा. वडा नं.०२
।
हाल :-
जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ ।
देश :- सिङ्गापुर
विगो रकम
:- रु. २,७०,०००।-(दुई लाख सत्तरी हजार)
पक्राउ मिति :- २०८२/०४/०९ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ ।
पीडित संख्या :- २ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं
२. नाम थर :- ईश्वरी
थापा
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला स्याङ्जा
फेदीखोला गा.पा. वडा नं.०२ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा
नं.१० ।
देश :- माल्टा
विगो रकम :- रु.६,५०,०००।–(छ लाख पचास हजार)
पक्राउ मिति :- २०८२/०४/१० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.१० ।
पीडित संख्या :-
१ जना
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।
३. नाम थर :- मैया
देबी उप्रेती
उमेर :- ६१ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक
रोशी गा.पा. वडा नं.०७ ।
हाल :- जिल्ला काठमाण्डौं चन्द्रागिरि न.पा. वडा
नं.०५ ।
देश :- अमेरिका
विगो रकम :- रु.८,००,०००।-(आठ लाख)
पक्राउ मिति :- २०८२/०४/११ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं चन्द्रागिरि न.पा. वडा नं.०५
।
पीडित संख्या :-
१ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल
काठमाण्डौं