“नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-११
- A
- A-
- A+
नक्कली सुन देखाई प्रति तोला रु. १,१०,०००।– मा दिन्छु भनी प्रलोभनमा
पारी मिति २०८१।११।२५ गते जिल्ला ओखलढुङगा चम्पादेवी गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला
भक्तपुर सु.न.पा वडा नं. ६ बस्ने ढक बहादुर बुढाथोकीलाई जिल्ला भक्तपुर - १
इबामोरा चोक नजिक बोलाई रु. १२,००,०००।– (बाह्र लाख) र मिति २०८२।०२।२७ गते जिल्ला
दोलखा भिमेश्वर न.पा. ५ घर भई हाल भक्तपुर राधे राधे बस्ने अर्जुन बस्नेतलाई
भक्तपुर पान्डुबजार नजिक बोलाई रु. ९,५०,०००।–(नौ लाख पचास हजार) लिई फरार रहेको
घटना अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बुद्धि बहादुर तामाङ समेत २
जनालाई उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले मिति
२०८२।०४।०९ गते भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी
परिसर भक्तपुरमा पठाईएको।
पक्राउ प्रतिवादीहरुको विवरण:-
१.
जिल्ला सिन्धुपाल्चोक
बाह्रबिसे न.पा ५ घर भई हाल जिल्ला भक्तपुर म.ठि.न.पा वडा
नं. ८ बोडे बस्ने बर्ष २८ को
बुद्धी बहादुर तामाङ ।
२.
जिल्ला नुवाकोट मेगङ गा.पा
वडा ८ घर भई हाल जिल्ला भक्तपुर चा.न.पा.वडा नं. ८ सुडाल बस्ने बर्ष २२ को सुमन तामाङ ।
बरामदी सामानहरु:-
Ø विभिन्न कम्पनीको मोवाईल थान
– ४
Ø सुन जस्तो देखिने पहेलो धातु (एक के.जि.) थान -
१