" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४
- A
- A-
- A+
छोनाम लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुकराम लामा तामाङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८०।०३।०१ गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.१५,००,०००।-(पन्ध्र लाख) भराई निज प्रतिवादी सुकराम लामा तामाङलाई रु.१५,००,०००।- (पन्ध्र लाख) जरिवाना, ५ (पाँच) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.६०,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेका निज प्रतिवादीलाई मिति २०८२।०४।१३ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ८ गौशालाबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर : सुकराम लामा तामाङ
उमेर : ३३
बर्ष
ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १
हाल : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भु
अनुसन्धानबाट थप खुल्न आएको विवरण:
Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु ५,००,०००।–(पाँच लाख) भएको बैंकिङ कसुर
मुद्दामा फरार रहेको ।
Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु २,९०,०००।–(दुई लाख नब्बे हजार) भएको बैंकिङ
कसुर मुद्दामा फरार रहेको ।
Ø जिल्ला प्रहरी परिसर भक्तपुरमा बिगो रु ९,००,०००।–(नौ लाख) भएको बैंकिङ कसुर
मुद्दामा फरार रहेको ।