वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१४
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर
:- अशोक मोक्तान
उमेर :- ३१ वर्ष
स्थायी वतन :- जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं.०५
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१६ ।
देश :- यु.ए.इ.
विगो रकम
:- रु. ११,४०,०००।–(एघार लाख चालिस हजार)
पक्राउ मिति :- २०८२/०४/१४ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ ।
पीडित संख्या :- ६ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
२. नाम थर
:- टेक बहादुर घर्ती मगर
उमेर :- ३२ वर्ष
स्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०३
।
हाल :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा.
वडा नं.०४ ।
देश :- मलेसिया
विगो रकम
:- रु.२,०८,०००।-(दुई लाख आठ हजार)
पक्राउ मिति :- २०८२/०४/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०७ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
३. नाम थर
:- बिमल आले
उमेर :- ४५ वर्ष
स्थायी वतन :- जिल्ला तनहुँ व्यास न.पा. वडा नं.०४ ।
हाल :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा.
वडा नं.०३ ।
देश :- सर्बिया
विगो रकम
:- रु.१२,००,०००।-(बाह्र लाख)
पक्राउ मिति :- २०८२/०४/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।