“नक्कली सुन र बिदेशी मुद्रा देखाई ठगी तथा लुटपाट गर्ने व्यक्तिहरु पक्राउ”
२०८२-०४-१३
- A
- A-
- A+
काठमाण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा बसोबास गर्ने ६ जना पिडितहरुलाई र
फरक फरक समयमा नक्कली सुनलाई सक्कली सुन
हो मलाई एकदम समस्या पर्यो अहिले यो राखेर नगद पैसा वा तपाई संग सुनका गरगहना जे छ
दिनुहोस भनि सोझा साझा महिला तथा बृद्भहरुलाई निशाना बनाई नक्क्ली सुन छाडी पिडितहरु संग भएको सुनका गर
गहनाहरु तथा नगद समेत ठगी गरी फरार भएको । त्यसै गरी एक दुईवटा सक्कली नोट सोही
साईजको कागजको बिटो माथि राखी आफुसंग साउदी रियाल तथा अन्य देशका मुद्राहरु छ भनि माथि
भएको सक्कली नोट देखाई बजार मुल्य भन्दा धेरै कम मुल्यमा दिन्छु भनि बिभिन्न बहाना
बनाई, प्रलोभन देखाई ललाई फकाई झुक्यानमा पारी ठगी तथा सटही गर्न भनि लिएर आएको
नेपाली रुपैया लुटपाट गर्ने समूहको यस कार्यालयको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा मिति २०८२/०४/१२ गते काठमाण्डौं तथा भक्तपुरका बिभिन्न
स्थानहरुमा निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरी थप अनुसन्घान तथा आवश्यक कारबाहीको लागी
जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाईएको ।
१. जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १० कोकटी घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ६ बस्ने बर्ष ४७ को बिमल तामाङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति)
२.
जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १२ घर भई हाल जिल्ला काठमाण्डौं
बु.न.पा. बालुवाखानी बस्ने बर्ष ३९ को लाल बहादुर घिसिङ । (ठगी तथा लुटपाटमा
संलग्न व्यक्ति)
३. जिल्ला खोटाङ दिक्तेल मझुवागडी न.पा. वडा नं. १४ बुईपा घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. १ लोकन्थली बस्ने वर्ष ३९ को भक्त बहादुर गदाल बि.क. । (सुनको गरगहना खरिद गर्ने व्यक्ति)
बरामद सामाग्री:-
ठगी तथा लुटपाटमा प्रयोग भएको ना. ५७ प १५१६
नम्बरको स्कुटर ।
ठगी गर्न प्रयोग भएको नक्कली सुनको
ढिक्का ४ थान ।
सुन पसलबाट बरामद भएको सुन जस्तो देखिने पहेलो धातु (१७.६) ग्राम थान