"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१५
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर
:- अक्षय श्रेष्ठ
उमेर :- २६ वर्ष
स्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१३
।
देश :- यु.के.
विगो रकम
:- रु. २७,२९,०००।–(सत्ताइस लाख उनन्तिस हजार)
पक्राउ मिति :- २०८२/०४/१४ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१३ ।
पीडित संख्या :- ३ जना (हाल सम्म खुल्न आएको)
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।
२. नाम थर
:- सुसान चुडाल
उमेर :- २४ वर्ष
स्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१
।
हाल :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ
न.पा. वडा नं.१० ।
देश :- बोस्निया र हर्जगोभिना
विगो रकम
:- रु. ३६,६३,०००।–(छत्तिस लाख त्रिसट्ठी हजार)
पक्राउ मिति :- २०८२/०४/१५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ ।
पीडित संख्या :- ६ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
३. नाम थर
:- प्रदिप हमाल
उमेर :- ३० वर्ष
स्थायी वतन :- जिल्ला सुर्खेत सिम्ता गा.पा. वडा नं.०१
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१४ ।
देश :- अजरबैजान
विगो रकम
:- रु.६,२०,०००।-(छ लाख बिस हजार)
पक्राउ मिति :- २०८२/०४/१५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।
४. नाम थर
:- मञ्जु दाहाल
उमेर :- ३६ वर्ष
स्थायी वतन :- जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं.०६
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.३१ ।
देश :- अमेरिका
विगो रकम
:- रु.१,४०,०००।-(एक लाख चालिस हजार)
पक्राउ मिति :- २०८२/०४/१५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:-
वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।