" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१५
- A
- A-
- A+
बिमला लक्ष्मी कपालीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दुर्गा देवी गुरुङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९।११।२३ गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.३,००,०००।-(तिन लाख) भराई निज प्रतिवादी दुर्गा देवी गुरुङलाई रु.३,००,०००।- (तिन लाख) जरीवाना, १ (एक) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.१२,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई कैद तथा जरिवाना असुल हुन बाँकी रही फरार रहेकी निज प्रतिवादी दुर्गा देवी गुरुङलाई मिति २०८२।०४।१४ गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा वडा नं. ६ खहरेबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर : दुर्गा देवी
गुरुङ
उमेर : ५१
बर्ष
ठेगाना : जिल्ला संखुवासभा चिचिला गाउँपालिका वडा नं. १
हाल : जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा
नं. ०६ खहरे