" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१८
- A
- A-
- A+
शोभा डि.सी.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जनक राउत भएको बैकिङ कसुर (मुद्दा नं. ०७४-CB-०२६८) मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७५।०३।२४ गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.२५,००,०००।-(पच्चिस लाख) भराई निज प्रतिवादी जनक राउतलाई रु.२५,००,०००।-(पच्चिस लाख) जरीवाना, १ (एक) महिना कैद हुने ठहर भएकोमा उक्त फैसला उपर पुनरावेदन परी सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१।०३।२४ गते शुरू अदालतको फैसला सदर हुने ठहर गरी फैसला भई फरार रहेका प्रतिवादी जनक राउतलाई मिति २०८२।०४।१६ गते जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. १ वि.पि. चोकमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत, ललितपुर पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर : जनक राउत
उमेर : ६०
बर्ष
ठेगाना : जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५
लुभु
हाल : जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. १ गागलफेदी