"वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-१९
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई ललितपुर जिल्ला ललितपुर.म.न.पा. वडा नं.१५ सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
१. नाम थर
:- मिना कुँवर
उमेर :- ४८ वर्ष
स्थायी वतन :- जिल्ला बाग्लुङ ढोरपाटन न.पा. वडा नं.
०५ ।
हाल :- ललितपुर जिल्ला ललितपुर म.न.पा.
वडा नं.२ ।
देश :- अमेरिका
विगो रकम
:- रु. ९,००,०००।–(नौ लाख)
पक्राउ मिति :- २०८२/०४/१९ गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर.म.न.पा. वडा नं.१५ सातोबाटो ।
पीडित संख्या :- १ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।