"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-२०
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण
१. नाम थर
:- नर बहादुर बुढाथोकी
उमेर :- ३६ वर्ष
स्थायी वतन :- जिल्ला म्याग्दी मंगला गा.पा. वडा नं.
०४ ।
हाल :-
ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १५ ।
देश :- यु.ए.ई
विगो रकम
:- रु. १,००,०००।-(एक लाख)
पक्राउ मिति :- २०८२/०४/२० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.११।
पीडित संख्या :- १ जना
२. नाम थर :- उमेश
हिङमाङ
उमेर :- ४६ वर्ष
स्थायी वतन :- जिल्ला पाँचथर
फिदिङ न.पा. वडा नं. ०१ ।
हाल :- काठमाण्डौं जिल्ला टोखा न.पा. वडा
नं. ०२ ।
देश :- यु.ए.ई.
विगो रकम :- रु.११,५९,०००।–(एघार लाख उनसट्ठी हजार)
पक्राउ मिति :- २०८२/०४/२० गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०२ ।
पीडित संख्या :-
२ जना