कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ बर्ष पश्चात पक्राउ”
२०८२-०४-२२
- A
- A-
- A+
घटना विवरणः
विर
बहादुर मोक्तान समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी संदिप धामी समेत भएको
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको
मुद्दा नम्बर ०७४-CR-०३९४ को
निर्णय नं. १५१, मिति २०७५।११।२८
गतेको फैसला बमोजिम उक्त घटनाको
प्रतिवादीहरुलाई जन्मकैद हुने ठहर गरेकोमा प्रतिवादीहरु मध्यका संदिप धामी यस
कार्यालयको वडा एरियामा लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाको आधारमा यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०४।२० गते जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. २६ सामाखुशीमा फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको
लागि ईलाका प्रहरी कार्यालय,महेन्द्रनगर चक्रघट्टी, सुनसरी पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम:- संदिप
धामी भन्ने रूपलाल धामी
उमेर:- ३८ बर्ष
ठेगाना:- जिल्ला सुनसरी
साविक भरौल गा.वि.स. वडा नं. ३ परिवर्तित
बराहक्षेत्र न.पा. वडा नं. ३ घर
भई
हाल जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १ पानी
ट्याङ्की
वारदात मिति र
स्थान:- २०६३/११/१० गते जिल्ला सुनसरी,भरौल गा.वि.स. वडा नं.३
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथ्य:
Ø प्रतिवादी संदिप धामीले वारदात पश्चात उक्त कसुरबाट बच्नको लागि आफ्नो वास्तविक
नाम, ठेगाना ढाँटी आफ्नो मामा नाता पर्ने ननु
लाल धामीलाई बुबा बनाई रूपलाल धामीको नामबाट जिल्ला प्रशासन
कार्यालय सुनसरीमा ०६१०१७/१६५२९१ नम्बरको नागरिकता बनाएको भन्ने
खुल्न आएको ।