प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "

२०८२-०४-२२

  • A
  • A-
  • A+
Share

घटना विवरण :

 बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको


पक्राउ व्यक्तिहरुको विवरण:-

१. नाम थर      :- योगराज गुरुङ

उमेर           :- ५५ वर्ष

स्थायी वतन :- जिल्ला तनहुँ भानु न.पा. वडा नं.११ ।

हाल           :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं.०७ ।

देश             :- क्यानडा

विगो रकम    :- रु.८,००,०००।-(आठ लाख)

पक्राउ मिति  :- २०८२/०४/२१ गते ।

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०९।

पीडित संख्या :- जना

२. नाम थर      :- खेम कुमारी श्रेष्ठ मानन्धर

उमेर           :- ३८ वर्ष

स्थायी वतन :- जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं.०४ ।

हाल           :- जिल्ला काठमाण्डौं चन्द्रागिरि न.पा. वडा नं.०४ ।

देश            :-  यु.ए.इ.

विगो रकम   :- रु.५,००,०००।–(पाँच लाख)

पक्राउ मिति  :- २०८२/०४/२१ गते ।

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९।

पीडित संख्या :- ४ जना

३. नाम थर      :- रामचन्द्र शर्मा

उमेर           :- ५२ वर्ष

स्थायी वतन :- जिल्ला बाग्लुङ जैमिनी न.पा. वडा नं.०८ ।

हाल           :- जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं.०७ ।

देश             :- क्रोएसिया

विगो रकम    :- रु.२,३५,०००।-(दुई लाख पैँतिस हजार)

पक्राउ मिति  :- २०८२/०४/२१ गते ।

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ टोखा न.पा. ।

पीडित संख्या :- जना

४. नाम थर      :- राजु मगर

उमेर           :- ६२ वर्ष

स्थायी वतन :- जिल्ला सुनसरी धरान उ.म.न.पा. वडा नं.११ ।

हाल           :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.१४ ।

देश            :-  अमेरिका

विगो रकम   :- रु.४,००,०००।–(चार लाख)

पक्राउ मिति  :- २०८२/०४/२२ गते ।

पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर उ.म.न.पा. वडा नं.१४ ।

पीडित संख्या :- १ जना

सम्बन्धित समाचार
"ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०४-२६

जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.१३ बाफलमा रहेको रुपिज इन्टरनेशनल स्कुलको आर्थिक कारोबार लेखा शाखाको जिम्मा लिएकी जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.९ बस्ने क्षितिज श्रेष्ठले आर्थिक कारोवारको लागि स्कुलको नाममा रहेको नविल बैंकको चेकमा रुपेन्द्र कौरले हस्ताक्षर गरेको खाली चेकमा मिति,नाम,अंक अक्षर समेत उल्लेख गरी चेक सटही गरी जम्मा रकम रु १४,८०,०००।–( चौध लाख असी हजार) लाभ लिई सम्पर्क विहिन भएकोमा, मिति २०८२।०४।१५ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट समेत पक्राउ पुर्जी जारी भएका निज क्षितिज श्रेष्ठलाई  मिति २०८२।०४।२३ गते अं. १७:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.१३ ताहाचलबाट पक्राउ गरी आपराधिक बिश्वास घात ठगी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको  ।    पक्राउ व्यक्तिको विवरण:-                                                                                               नामथर : क्षितिज श्रेष्ठ              उमेर    : ३९ बर्ष ठेगाना : जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.९  ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-२६

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "घटना विवरण :   बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- रवि बोम्जन उमेर           :- ५५ वर्षस्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा. वडा नं.०२ ।हाल           :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०४ ।पक्राउ मिति  :- २०८२/०४/२३ गते । पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ ।२. नाम थर      :- फुलमाया खत्रीउमेर           :- ४८ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा  नं.०८ । देश             :- अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशहरुविगो रकम    :- रु.५१,००,०००।–(एकाउन्न लाख- हाल सम्म खुलेको विगो)पक्राउ मिति   :- २०८२/०४/२३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ । पीडित संख्या :- ११ जना (हाल सम्म खुल्न आएको)

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२२

वादी नेपाल सरकार प्रतिवादी अविनाश ठाकुर भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।०९।०१ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मिति २०८२।०४।२२ गते जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: अविनाश ठाकुर   उमेर:  २९ बर्ष   ठेगाना: जिल्ला सर्लाही कोडैना गा.पा. वडा नं. २ घर भई हाल जि.काठमाण्डौ का.म.न.पा. वडा नं.३२ सुविधानगर बस्ने   पक्राउ मिति: २०८२।०४।२१ गते   पक्राउ स्थान:  जि.काठमाण्डौ का.म.न.पा. ३२ सुविधानगर   बिगो: रु.१,१५,००,०००/- ( एक करोड पन्ध्र लाख रुपैंया)अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु:Ø जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा मिति २०८२।०१।३० गते दर्ता भएका बिगो क्रमश:  रु. १५,५०,०००/-,  रु. २०,५०,०००/-  र  रु. २५,००,०००/-  भएको ३ वटा  बैंकिङ कसुर मुद्दाहरुमा फरार ।Ø जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा मिति २०८२।०३।१५ गते दर्ता भएको बिगो रु. ७,००,०००/-  भएको बैंकिङ कसुर मुद्दामा फरार ।Ø जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा मिति २०८२।०३।१९ गते दर्ता भएको बिगो रु. १,००,००,०००/- भएको बैंकिङ कसुर मुद्दामा फरार ।  

कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ बर्ष पश्चात पक्राउ”
२०८२-०४-२२

घटना विवरणःविर बहादुर मोक्तान समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी संदिप धामी समेत भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मुद्दा नम्बर ०७४-CR-०३९४ को निर्णय नं. १५१, मिति २०७५।११।२८ गतेको फैसला बमोजिम उक्त घटनाको प्रतिवादीहरुलाई जन्मकैद हुने ठहर गरेकोमा प्रतिवादीहरु मध्यका संदिप धामी यस कार्यालयको वडा एरियामा लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०४।२० गते जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २६ सामाखुशीमा फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय,महेन्द्रनगर चक्रघट्टी, सुनसरी पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-नाम:- संदिप धामी भन्ने रूपलाल धामीउमेर:- ३८ बर्षठेगाना:- जिल्ला सुनसरी साविक भरौल गा.वि.स. वडा नं. ३ परिवर्तित बराहक्षेत्र न.पा. वडा नं. ३ घर भई   हाल जिल्ला  काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १ पानी ट्याङ्की वारदात मिति र स्थान:- २०६३/११/१० गते जिल्ला सुनसरी,भरौल गा.वि.स. वडा नं.३ प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथ्य:  Ø प्रतिवादी संदिप धामीले वारदात पश्चात उक्त कसुरबाट बच्नको लागि आफ्नो वास्तविक नाम, ठेगाना ढाँटी आफ्नो मामा नाता पर्ने ननु लाल धामीलाई बुबा बनाई रूपलाल धामीको नामबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा ०६१०१७/१६५२९१ नम्बरको नागरिकता बनाएको भन्ने खुल्न आएको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-२०

घटना विवरण :             बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण१. नाम थर      :- नर बहादुर बुढाथोकी उमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला म्याग्दी मंगला गा.पा. वडा नं. ०४ ।हाल           :-  ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १५ ।देश             :- यु.ए.ईविगो रकम    :- रु. १,००,०००।-(एक लाख)पक्राउ मिति  :- २०८२/०४/२० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.११। पीडित संख्या :- १ जना२. नाम थर      :- उमेश हिङमाङउमेर           :- ४६ वर्षस्थायी वतन :- जिल्ला पाँचथर फिदिङ न.पा. वडा नं. ०१ ।हाल           :- काठमाण्डौं जिल्ला टोखा न.पा. वडा नं. ०२ । देश            :-  यु.ए.ई.विगो रकम   :- रु.११,५९,०००।–(एघार लाख उनसट्ठी हजार)पक्राउ मिति  :- २०८२/०४/२० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०२ । पीडित संख्या :- २ जना

"वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-१९

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई ललितपुर जिल्ला ललितपुर.म.न.पा. वडा नं.१५ सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।१. नाम थर      :- मिना कुँवरउमेर           :- ४८ वर्षस्थायी वतन :- जिल्ला बाग्लुङ ढोरपाटन न.पा. वडा नं. ०५ । हाल           :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.२ ।देश            :- अमेरिकाविगो रकम   :- रु. ९,००,०००।–(नौ लाख)पक्राउ मिति  :- २०८२/०४/१९ गते ।पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर.म.न.पा. वडा नं.१५ सातोबाटो । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।