“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२२
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी अविनाश ठाकुर भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।०९।०१ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मिति २०८२।०४।२२ गते जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: अविनाश ठाकुर
उमेर: २९ बर्ष
ठेगाना: जिल्ला सर्लाही कोडैना गा.पा. वडा नं. २ घर
भई हाल जि.काठमाण्डौ का.म.न.पा.
वडा नं.३२ सुविधानगर बस्ने
पक्राउ मिति: २०८२।०४।२१ गते
पक्राउ स्थान: जि.काठमाण्डौ का.म.न.पा. ३२ सुविधानगर
बिगो: रु.१,१५,००,०००/- ( एक करोड पन्ध्र लाख रुपैंया)
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्यहरु:
Ø जिल्ला प्रहरी परिसर भद्रकाली
काठमाण्डौमा मिति २०८२।०१।३० गते दर्ता भएका बिगो क्रमश:
रु. १५,५०,०००/-, रु. २०,५०,०००/- र रु.
२५,००,०००/- भएको ३ वटा बैंकिङ कसुर मुद्दाहरुमा फरार ।
Ø जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा
मिति २०८२।०३।१५ गते दर्ता भएको बिगो रु. ७,००,०००/- भएको बैंकिङ कसुर मुद्दामा फरार ।
Ø जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा
मिति २०८२।०३।१९ गते दर्ता भएको बिगो रु. १,००,००,०००/- भएको बैंकिङ कसुर मुद्दामा
फरार ।