"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-२६
- A
- A-
- A+
"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु
भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान
हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
१. नाम थर
:- रवि बोम्जन
उमेर :- ५५ वर्ष
स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा.
वडा नं.०२ ।
हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा.
वडा नं.०४ ।
पक्राउ मिति :- २०८२/०४/२३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ ।
२. नाम थर :- फुलमाया
खत्री
उमेर :- ४८ वर्ष
स्थायी वतन :-
जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.०३ ।
हाल :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.
वडा नं.०८ ।
देश :- अमेरिका,
क्यानडा, अष्ट्रेलिया लगायतका देशहरु
विगो रकम :- रु.५१,००,०००।–(एकाउन्न लाख- हाल सम्म खुलेको
विगो)
पक्राउ मिति :- २०८२/०४/२३
गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.
वडा नं.०८ ।
पीडित संख्या :-
११ जना (हाल सम्म खुल्न आएको)