"ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०४-२६
- A
- A-
- A+
जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.१३ बाफलमा रहेको रुपिज इन्टरनेशनल स्कुलको आर्थिक कारोबार लेखा शाखाको जिम्मा लिएकी जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.९ बस्ने क्षितिज श्रेष्ठले आर्थिक कारोवारको लागि स्कुलको नाममा रहेको नविल बैंकको चेकमा रुपेन्द्र कौरले हस्ताक्षर गरेको खाली चेकमा मिति,नाम,अंक अक्षर समेत उल्लेख गरी चेक सटही गरी जम्मा रकम रु १४,८०,०००।–( चौध लाख असी हजार) लाभ लिई सम्पर्क विहिन भएकोमा, मिति २०८२।०४।१५ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट समेत पक्राउ पुर्जी जारी भएका निज क्षितिज श्रेष्ठलाई मिति २०८२।०४।२३ गते अं. १७:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.१३ ताहाचलबाट पक्राउ गरी आपराधिक बिश्वास घात ठगी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
नामथर : क्षितिज
श्रेष्ठ
उमेर : ३९ बर्ष
ठेगाना : जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.९ ।