“ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-२८
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं.७ साउने घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे बस्ने पुरुषोतम पराजुलीले जिल्ला काठमाण्डौ चावहिल पिपलबोट स्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरुप रकम लिने तर कामदार नपठाउने तथा पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भए पश्चात खटी गएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्न व्यक्तिलाई मिति २०८२।०४।२७ गते जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर : पुरूषोत्तम पराजुली
उमेर : ३३ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं.७ साउने
हाल : जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा.
वडा नं. ६ बोडे