“वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२८
- A
- A-
- A+
डम्बर
देउवा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी त्रिलोक सिंह समेत भएको वैदेशिक
रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादीहरु मध्येका एन.ए.एन.
मेरीटाएम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि का. संचालक त्रिलोक सिंह कास्की जिल्लाको
शिशुवा वडा एरियामा लुकीछिपी बसेको भन्ने बुझिन आएकोमा ईलाका प्रहरी कार्यालय
शिशुवा,
कास्कीको समन्वयमा
निज त्रिलोक सिंहलाई मिति २०८२।०४।२७ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७
डाँडाकोनाक स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि
बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ
पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१)
नाम : त्रिलोक सिंह
उमेर : २९ वर्ष
ठेगाना : जिल्ला बझाङ बंगुल न.पा. वडा नं. ६ घर
भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ .न.पा. वडा नं. ९
बिगो रकम जम्मा:- रू.४,१७,९३,२८०।-
(चार करोड सत्र लाख त्रियानब्बे हजार दुई सय असी मात्र । )
पीडित संख्या:- ६६ जना ।