प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "

२०८२-०४-२९

  • A
  • A-
  • A+
Share

घटना विवरण :

 बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको


पक्राउ व्यक्तिहरुको विवरण:-

१. नाम थर      :- सन्दिप मगर भन्ने बम बहादुर मगर

उमेर           :- ४६ वर्ष

       पक्राउ मिति  :- २०८२/०४/२८ गते ।   

स्थायी वतन :- जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं.०६ ।           

देश            :- रोमानिया                                                             

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।                                               

      पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं । 

२. नाम थर      :- गिता माया मगर

उमेर           :- ४८ वर्ष

      पक्राउ मिति  :- २०८२/०४/२९ गते ।

      हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ ।

      विगो रकम   :- रु.२०,२४,०००।–(बिस लाख चौबिस हजार)

      पीडित संख्या:- ४ जना     

३. नाम थर      :- विन्देश्वर राय यादव

उमेर           :- ४५ वर्ष

स्थायी वतन :- जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं.०५ ।

हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं.०५ ।

देश             :- मौरिसस

विगो रकम    :- रु.३,६०,०००।–(तीन लाख साठी हजार )

पक्राउ मिति   :- २०८२/०४/२९ गते ।

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ ।

पीडित संख्या :- १ जना

पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।




                                                       

सम्बन्धित समाचार
“बैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-३०

घटना विवरण :-विष्णु प्रसाद खनालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकाश भट्टराई भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला स्याङ्जा, गल्याङ न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा  वडा नं. ३२ कोटेश्वर  वडा एरियामा लुकीछिपी बसेको भन्ने बुझिन आएकोमालाई निज प्रतिवादीलाई मिति २०८२।०४।२९ गते का.जि.का.म.न.पा. वडा नं. ३१ बानेश्वर  स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : प्रकाश भट्टराई                                                                         उमेर : ४२ वर्ष                                                                                 ठेगाना : जिल्ला स्याङ्जा, गर्ल्याङ न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा  वडा नं. ३२ कोटेश्वर                        बिगो रकम जम्मा:- रू.७,९०,०००।- (सात लाख नब्बे हजार मात्र । )पीडित संख्या:- २ जना ।  

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२९

वादी नेपाल सरकार प्रतिवादी गोकुल श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट मिति २०८२।०३।१८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मिति २०८२।०४।२८ गते जिल्ला प्रहरी कार्यालय विरगञ्ज, पर्सा  पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: गोकुल श्रेष्ठ   उमेर:  ६५ बर्ष   ठेगाना: जि. सुनसरी धरान उप- महानगरपालिका वडा नं.  १२ घर भई हाल जि.काठमाण्डौ का.म.न.पा. वडा नं. ५ हाँडीगाउँ बस्ने   पक्राउ मिति: २०८२।०४।२८ गते   पक्राउ स्थान:  जि.काठमाण्डौ का.म.न.पा. १४ बल्खु   बिगो: रु. १,७५,००,०००/-   

“ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-२८

जिल्ला सिन्धुपाल्चोक  बलेफी गा.पा. वडा नं.७ साउने घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे बस्ने पुरुषोतम पराजुलीले जिल्ला काठमाण्डौ चावहिल पिपलबोट स्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरुप रकम लिने तर कामदार नपठाउने तथा पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भए पश्चात खटी गएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्न व्यक्तिलाई मिति २०८२।०४।२७ गते  जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको । पक्राउ व्यक्तिको विवरण: नामथर : पुरूषोत्तम पराजुलीउमेर     : ३३ वर्षठेगाना  : जिल्ला सिन्धुपाल्चोक  बलेफी गा.पा. वडा नं.७ साउने हाल      : जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे

“वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२८

डम्बर देउवा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी त्रिलोक सिंह समेत भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादीहरु मध्येका एन.ए.एन. मेरीटाएम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि का. संचालक त्रिलोक सिंह कास्की जिल्लाको शिशुवा वडा एरियामा लुकीछिपी बसेको भन्ने बुझिन आएकोमा ईलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको   समन्वयमा निज त्रिलोक सिंहलाई मिति २०८२।०४।२७ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ डाँडाकोनाक स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाईएको ।     पक्राउ व्यक्तिको विवरण:-१)     नाम : त्रिलोक सिंह                                                                         उमेर : २९ वर्ष                                                                                 ठेगाना : जिल्ला बझाङ बंगुल न.पा. वडा नं. ६ घर भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ .न.पा. वडा नं. ९                         बिगो रकम जम्मा:- रू.४,१७,९३,२८०।- (चार करोड सत्र लाख त्रियानब्बे हजार दुई सय असी मात्र । ) पीडित संख्या:- ६६ जना ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-२६

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "घटना विवरण :   बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- रवि बोम्जन उमेर           :- ५५ वर्षस्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा. वडा नं.०२ ।हाल           :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०४ ।पक्राउ मिति  :- २०८२/०४/२३ गते । पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ ।२. नाम थर      :- फुलमाया खत्रीउमेर           :- ४८ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा  नं.०८ । देश             :- अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशहरुविगो रकम    :- रु.५१,००,०००।–(एकाउन्न लाख- हाल सम्म खुलेको विगो)पक्राउ मिति   :- २०८२/०४/२३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ । पीडित संख्या :- ११ जना (हाल सम्म खुल्न आएको)

"ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०४-२६

जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.१३ बाफलमा रहेको रुपिज इन्टरनेशनल स्कुलको आर्थिक कारोबार लेखा शाखाको जिम्मा लिएकी जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.९ बस्ने क्षितिज श्रेष्ठले आर्थिक कारोवारको लागि स्कुलको नाममा रहेको नविल बैंकको चेकमा रुपेन्द्र कौरले हस्ताक्षर गरेको खाली चेकमा मिति,नाम,अंक अक्षर समेत उल्लेख गरी चेक सटही गरी जम्मा रकम रु १४,८०,०००।–( चौध लाख असी हजार) लाभ लिई सम्पर्क विहिन भएकोमा, मिति २०८२।०४।१५ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट समेत पक्राउ पुर्जी जारी भएका निज क्षितिज श्रेष्ठलाई  मिति २०८२।०४।२३ गते अं. १७:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.१३ ताहाचलबाट पक्राउ गरी आपराधिक बिश्वास घात ठगी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको  ।    पक्राउ व्यक्तिको विवरण:-                                                                                               नामथर : क्षितिज श्रेष्ठ              उमेर    : ३९ बर्ष ठेगाना : जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.९  ।