"वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०५-०२
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- लुङ बहादुर महरा
उमेर :- ४२ वर्ष
स्थायी वतन :- जिल्ला रोल्पा सुनिल स्मृति गा.पा. वडा
नं.०५ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.१६ ।
पक्राउ मिति :- २०८२/०५/०१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६
।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
पठाइएको मिति:- २०८२।०५।०२ गते