"बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०५-०४
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी प्रकाश कुमार खड्का भएको बैंकिङ कसूर मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतको मिति २०८०।०६।०७ गतेको फैसला बमोजिम जाहरेवालालाई बिगो रु.२०,९०,०००।– (बिस लाख नब्बे हजार) भराई निज प्रतिवादीलाई बिगो बमोजिम रु.२०,९०,०००।-(बिस लाख नब्बे हजार) जरिवाना र दिन ७(सात) कैद हुने ठहर भई फरार रहेका प्रतिवादी प्रकाश कुमार खड्कालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०२ बाट पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतमा उपस्थित गराईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- प्रकाश कुमार खड्का
उमेर :- ३३ वर्ष
स्थायी वतन :- जिल्ला सर्लाही हरिवन न.पा. वडा नं.०९ ।
हाल :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा
नं.०२ ।
पक्राउ मिति :- २०८२/०५/०३ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०२
।
पठाइएको मिति:- २०८२।०५।०४ गते