“ठगी सम्बन्धी कसूरका प्रतिवादी पक्राउ”
२०८२-०५-०४
- A
- A-
- A+
NEPALESE ARMY INSTUTE OF HEALTH SCIENCES (NAIHS) मा Health Assistant (HA) बिषयमा अध्ययन गर्नको लागि सेटिङ मिलाई पुर्ण छात्रवृत्तिमा नाम निकाली दिने बिश्वास समेत दिलाई पीडित पक्षबाट रु.१,८५,०००।– (एक लाख पचासी हजार मात्र) रकम लिई ठगी गरी सम्पर्क बिहिन भएकोमा पीडितले दिएको जाहेरीको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी कार्यमा संलग्न निम्न व्यक्तिलाई मिति २०८२।०५।०३ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.७ चाबहिल गोपीकृष्ण हल नजिकबाट पक्राउ गरी ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१)
नाम : सन्जिव राई
उमेर : २७ वर्ष
ठेगाना : जिल्ला भोजपुर टेम्केमैयुन
गा.पा. वडा नं.९ घर भई हाल का.जि नागार्जुन न.पा. वडा नं. २, सानोभर्याङ ।