" वैदेशिक रोजगारको लागि कोरिया पठाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०५-०५
- A
- A-
- A+
घटना विवरण :
दिपक थापा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साहारा सुव्वा(थेवे) भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित व्यक्ति साहारा सुव्वा(थेवे)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।०४ गते जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २८ हरिसिद्धिबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०५।०५ गते वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :- साहारा सुव्वा(थेवे)
उमेर :- ३८ वर्ष
स्थायी वतन : - जिल्ला ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका
वडा नं. १
हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १ नक्साल
Ø हाल
सम्म ९ जना पीडितहरुबाट कोरिया पठाई दिन्छु भनि रु.१,०८,३०,०००।– ( एक करोड आठ लाख
तीस हजार) रकम ठगी गरेको ।