"वैदेशिक रोजगारीको लागि यु.के. देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०५-०६
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.के. देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने EDU SEARCH NEPAL बानेश्वरका निम्न संचालकलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १० नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:
१. नाम थर
:- बसन्त कार्की
उमेर :- २९ वर्ष
स्थायी वतन :- जिल्ला कास्की पोखरा
म.न.पा. वडा नं. १४ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०२ ।
देश :- यु.के.
विगो रकम :- रु.४३,००,०००।–(त्रिचालिस लाख)
पक्राउ मिति :- २०८२/०५/०५ गते ।
पक्राउ स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१०
पीडित संख्या :- ८ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग
ताहाचल, काठमाण्डौं ।