“नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने ब्यक्ती पक्राउ ’’
२०८२-०५-०८
- A
- A-
- A+
घटना
विवरण:-
मिति २०८२/०५/ ०६
गते अन्दाजी १४:५५ बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. २६ गोँगबु स्थित Kwality Cafe भित्र अवैध सुनको खरीद बिक्री हुन गईरहेको छ भन्ने सूचना यस कार्यालयमा
प्राप्त भए पश्चात यस कार्यालयबाट प्रहरी टोली खटि गई निगरानी गर्दै जाँदा उक्त
स्थानमा लाक्पा शेर्पालाई सुन जस्तो देखिने १ के.जी. पहेँलो धातुसहित नियन्त्रणमा
लिई यस कार्यालयमा ल्याई उल्लेखित सुन जस्तो धातुको परीक्षण गर्दा सुन नभई सुन
जस्तो भान पारी विभिन्न व्यक्तिहरुलाई झुक्यानमा पारी ठगी गर्ने गरेको भन्ने कुरा
अनुसन्धानबाट खुल्न आएकोले नियन्त्रणमा लिएको लाक्पा शेर्पालाई कानून बमोजिम
आवश्यक कारबाहीको लागि मिति २०८२।०५।०८ गते जिल्ला प्रहरी परिसर काठमाण्डौमा
पठाईएको ।
पक्राउ
व्यक्ति:
१)
जिल्ला सोलुखुम्बु
दुधकुण्ड न.पा. वडा नं. १, टाक्सिण्डो बस्ने पेम्बा शेर्पाको
छोरा वर्ष ३३ को लाक्पा शेर्पा ।
बरामद दशी:
१)
P M P A SUISSE 1 KILLO FINE GOLD 999.9 P548936
लेखिएको सुन जस्तो पँहेलो रङ्गको धातु १ (एक) थान ।