“ शैक्षिक संस्थाहरुमा बम राखेको छ भनी झुट्टा अफबाह फैलाउने व्यक्ति पक्राउ”
२०८२-०५-१५
- A
- A-
- A+
मिति २०८२।०५।१३ गते प्रहरी
कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाण्डौं स्थित बिभिन्न शैक्षिक
संस्थाहरुमा विष्फोटक पदार्थ (बम) राखेको छ, आज १६:०० बजे सम्म पडकिन्छ भनी झुट्टा
अफबाह फैलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको घटना सम्बन्धमा यस कार्यालयबाट खटि
गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा उक्त कार्यमा सलंग्न निम्न
व्यक्तिको पहिचान गरी मिति २०८२।०५।१३
गते जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. १० नयाँबजार किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला
प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम:- जयरुद्र झा
उमेर:- ३८ बर्ष
ठेगाना:- जिल्ला महोत्तरी,
महोत्तरी गा.पा.वडा नं.२
हाल जिल्ला काठमाण्डौं किर्तिपुर
न.पा. वडा नं.१०