" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-१५
- A
- A-
- A+
लक्ष्मी बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रदिप खत्री भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९।०६।३० गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.२०,००,०००।-(बीस लाख) भराई निज प्रतिवादी प्रदिप खत्रीलाई रु.२०,००,०००।- (बीस लाख) जरीवाना, ७ (सात) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.८०,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई कैद तथा जरीवाना असुल हुन बाँकी रहेकोमा निज प्रतिवादी प्रदिप खत्रीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।१३ गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ३२ कोटेश्वर महादेबस्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर : प्रदिप खत्री
उमेर : ४६ वर्ष
ठेगाना : जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.५
टिकाथली