"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१५
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१. नाम थर
:- कार्तिक कुमार चौधरी
उमेर :- २६ वर्ष
स्थायी वतन :- जिल्ला बारा कोल्हबी न.पा.वडा
नं.०४ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.०८ ।
देश :-सर्विया
विगो रकम :- रु.४२,००,०००।–(बयालिस लाख)
पक्राउ मिति :- २०८२/०५/१५ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.०८ ।
पीडित संख्या :- १६ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- मनोज
दाहाल
उमेर
:- २८ वर्ष
स्थायी वतन :-
जिल्ला इलाम, इलाम न.पा.वडा नं.०१ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा
नं.१६ ।
देश :- रसिया
विगो रकम :- रु.८,५०,०००।–(आठ लाख पचास हजार)
पक्राउ
मिति :- २०८२/०५/१५ गते ।
पक्राउ
स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा
नं.१२ ।
पीडित संख्या :-
१ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।