उपरोक्त सम्बन्धमा मिति २०७८/१०/१८ गते रातीको समयमा का.जि.का.म.न.पा. वडा नं ४ बिशालनगर स्थित सुरज ईलोक्ट्रिनिक्स मोवाईल पसलको पछाडीको झ्याल फुटाई पसलभित्र प्रवेश गरि पसलमा रहेका बिभिन्न कम्पनीका सिलप्याक मोवाईल ३७ थान, मर्मतका लागी राखिएका मोवाईल १५ थान, गितार १ थान तथा स्मार्ट घडी २५ थान समेत गरि अन्दाजी रु १६,१२,५००/-( सोह्र लाख बाह्र हजार पाँच सय) रुपैयाँ बराबरको धनमाल चोरी लगेको घटना अनुसन्धानको सिलसिलामा यस अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले मिति २०७८/११/१६ गते का.जि. का.म.न.पा. वडा नं. २६, गंगबु BG महल अगाडिबाट उक्त चोरी घटनामा संलग्न सुरेश गिरी सहित २ जनालाई चोरी गरि लगेका मोवाईल, गितार, स्मार्ट घडी सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, महाराजगन्ज पठाइएको ।
पक्राउ व्यक्तिहरु:-
१) नाम:– शुरेस गिरी
उमेर :– २४ बर्ष
ठेगाना:– जिल्ला गोरखा गण्डकी न.पा.वडा न ५
हालको ठेगाना:- का.जि. बुढानिलकण्ठ
२) नाम:- गणेश क्षेत्री
उमेर :- २२ बर्ष
ठेगाना :- जिल्ला बाके नेपालगन्ज उपमहानगरपालिका वडा न ५
हालको ठेगाना :- का.जि. बुढालिकण्ठ
बरामद सामानहरु:-
१. सिलप्याक मोवाईल ८ थान
२. पुराना मोवाईल ५ थान
३.स्मार्ट घडी ६ थान
४.गितार १ थान
५.पावर बैक १ थान
६. IR Night Vision थान १