"वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०५-१६
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.०९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:
१. नाम थर :-मिनराज
राना क्षेत्री
उमेर
:- ३२ वर्ष
स्थायी वतन :-
जिल्ला प्युठान नौवाहिनी गा.पा.वडा नं.०५ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा
नं.३२ ।
देश :- यु.ए.इ.
विगो रकम :- रु.२,३०,०००।–(दुई लाख तिस हजार)
पक्राउ
मिति :- २०८२/०५/१६ गते ।
पक्राउ
स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा
नं.०९ ।
पीडित संख्या :-
२ जना
पठाइएको
कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।