“फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१७
- A
- A-
- A+
वादी गोयनका सिमेन्ट प्रा.लि. का तर्फबाट अख्तियार प्राप्त त्रिभुवन कुर्मी र प्रतिवादी जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं. १ घर भई ऐ.ऐ. बस्ने बर्ष ४१ की सरला सिन्टकला भएको व्यापारिक लेना रकम दिलाई भराई पाउँ मुद्दामा( मु.द.न. 079-CP-1669) सम्मानित रुपन्देही जिल्ला अदालत सिद्धार्थनगरको मिति २०८२।०३।२९ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेकी निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१६ गते रुपन्देही जिल्ला अदालत सिद्धार्थनगरमा बुझाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: सरला
सिन्टकला,
उमेर: ४१ बर्ष,
ठेगाना: जिल्ला भक्तपुर, भक्तपुर
न.पा वडा नं. १ भार्वाचो घर भई ऐ.ऐ. बस्ने,
मुद्दा: व्यापारिक लेना रकम दिलाई भराई पाउँ,
पक्राउ मिति: २०८२।०५।१५ गते ।
पक्राउ
स्थान: जिल्ला भक्तपुर,
सुर्यविनायक न.पा. ५, चुनदेवी
विगो
रकम: रू
९,०५,९९९.१०।– (अक्षरेपि नौ लाख पाँच हजार नौ सय उनान्सय रुपैंया दश
पैसा)
तोकिएको सजाय : विगो वापत ६ (छ) महिना कैद ।
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्य:
Ø जिल्ला प्रहरी परिसर भक्तपुरमा
मिति २०७५।०८।१२ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।