"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१७
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण ः
१. नाम थर
:- रमेशराज डाँगी
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला सल्यान बागचौर न.पा.वडा
नं.०९ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.२६
।
देश :-इटाली
विगो रकम :- रु.१९,८५,०००।–( उन्नाइस लाख पचासी हजार)
पक्राउ मिति :- २०८२/०५/१५ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ ।
पीडित संख्या :- २ जना
पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर
भद्रकाली, काठमाण्डौं ।
पठाइएको मिति :- २०८२/०५/१६ गते ।
२. नाम थर :-
खगेन्द्र मल्ल
उमेर
:- २४ वर्ष
स्थायी वतन :-
जिल्ला दैलेख नौमुले गा.पा. वडा नं.०२ ।
हाल :- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.वडा
नं.०६ ।
देश :- यु.ए.इ.
विगो रकम :- रु.६,५०,०००।–(छ लाख पचास हजार)
पक्राउ
मिति :- २०८२/०५/१७ गते ।
पक्राउ
स्थान :- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.०६ ।
पीडित संख्या :-
२ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं