"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१८
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः
१. नाम थर
:- सरोज सुवाल
उमेर :- ३५ वर्ष
स्थायी वतन :- जिल्ला भक्तपुर,भक्तपुर न.पा.वडा
नं.१० ।
देश :-सर्विया
विगो रकम :- रु.३,००,०००।–(तीन लाख)
पक्राउ मिति :- २०८२/०५/१७ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर,ललितपुर म.न.पा.वडा नं.०२ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
२. नाम थर :- सिर्जना
कार्की
उमेर
:- २७ वर्ष
स्थायी वतन :-
जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.०२ ।
हाल :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा.वडा
नं.१३ ।
देश :- रोमानिया
विगो रकम :- रु.४,००,०००।–(चार लाख)
पक्राउ
मिति :- २०८२/०५/१८ गते ।
पक्राउ
स्थान :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा
नं.१२ ।
पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं