" अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१८
- A
- A-
- A+
घटना विवरण :
जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. ८ स्थित बस्ने व्यक्तिलाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भनि तपाई लगायत तपाईको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको सुचना प्राप्त भई हामीले अनुसन्धान गरी रहेका छौँ र उक्त कारवाहीबाट बच्ने हो भनि हामीलाई रु १ करोड दिएमा फाईल बन्द गरिदिन्छौ नत्र तिमीहरु सबैलाई जेल हाल्छौ भनि योजनाबद्ध ढंगले डर त्रास देखाई पटक-पटक फोन गरी रकम नदिएमा तुरुन्त पक्राउ गर्छौ भनि धम्काएकोले निज पिडितले यस कार्यालयमा उजुरी गरे पश्चात सो सम्बन्धमा अनुसन्धान गरी निम्न उल्लेखित व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिती २०८२।०५।१७ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
१. नाम:- लक्ष्मण पनेरु ( धम्काउने व्यक्ति )
उमेर:-२७ वर्ष
ठेगाना:- जिल्ला डोटी शिखर न.पा वडा नं. ९ सुण्ड
हाल:- जिल्ला काठमाण्डौ किर्तिपुर न.पा
२. नाम:- विनोद साह ( योजनाकार )
उमेर:-५४ वर्ष
ठेगाना:- जिल्ला झापा हरिनगर गाउँपालिका वडा नं.७ हरिनगर
हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.४ सुकेधारा
बरामद सामाग्रीहरु:
१.
बिभिन्न कम्पनीको मोबाईल थान-४
२.
नेपाली नगद रु २,००,०००। ( दुई लाख )
३.
सेतो रंगको FIGO FORD कम्पनीको गाडी