“ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१८
- A
- A-
- A+
घटना
विवरण :-
आफुसंग बहुमुल्य चम्किने ढुंगा (Light Stone) रहेको र उक्त ढुंगा महंगो मुल्यमा बिक्रि गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको भन्ने पीडितको जाहेरी दरखास्त अनुसार सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुर मुद्धामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी मध्यका निम्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा मिति २०८२।०५।१७ गते जिल्ला नुवाकोट बिदुर न.पा.वडा नं.२ बाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१)
नाम : प्रकाश तामाङ
उमेर : ३५ वर्ष
ठेगाना : जिल्ला नुवाकोट सुर्यगढी
गा.पा वडा नं.१
बिगो रकम:- रु ५०,००,०००।–(पचास लाख मात्र)