“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२
- A
- A-
- A+
घटना
विवरण :-
मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१) नाम:- लोप्साङ बम्जन
उमेर : २८ बर्ष
ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा. वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।
२) नाम:- सुमन तामाङ
उमेर:- २६ बर्ष
ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।
३) नाम:- कुमार तामाङ
उमेर:- ३० बर्ष
ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।