“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-१३
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- कृष्णजी थापा
उमेर :- ३८ वर्ष
स्थायी वतन :- जिल्ला नुवाकोट
शिवपुरी गा.पा. वडा नं.३ ।
हाल :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.२ ।
देश :- यु.ए.इ.
विगो रकम :- रु.६,३०,०००।–
(छ लाख तिस हजार)
पक्राउ मिति :- २०८२/१०/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा
नं.२ ।
पीडित संख्या :- १ जना ।
२. नाम थर :- अनिल कुमार साह
उमेर :- २२ वर्ष
स्थायी वतन :- जिल्ला सप्तरी
तिलाठी कोईलाडी गा.पा. वडा नं.६ ।
हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।
देश :- क्यानडा
विगो रकम :- रु.१८,००,०००।–
(अठार लाख)
पक्राउ मिति :- २०८२/१०/१२ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।
पीडित संख्या :- १ जना ।
३. नाम थर :- विवेक भुजेल
उमेर :- ३० वर्ष
स्थायी वतन :- जिल्ला
ललितपुर ललितपुर म.न.पा. वडा नं.१६ ।
हाल :- जिल्ला काठमाण्डौ चन्द्रागिरि न.पा. वडा नं.३ ।
देश :- यु.ए.इ.
विगो रकम :- रु.३,५०,०००।–
(तीन लाख पचास हजार)
पक्राउ मिति :- २०८२/१०/१३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१३ ।
पीडित संख्या :- २ जना ।