“वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-१८
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः
१. नाम थर :- वविलाल लामा
उमेर :- ४१ वर्ष
स्थायी वतन :- जिल्ला पर्सा
ठोरी गा.पा. वडा नं.४ ।
हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.९ ।
देश :- कम्बोडिया
विगो रकम :- रु.४,३५,०००।–
(चार लाख पैँतिस हजार)
पक्राउ मिति :- २०८२/१०/१६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३ ।
पीडित संख्या :- १ जना ।