“कैद जरिबाना तोकिई फरार रहेका व्यक्ति पक्राउ”
२०८२-१०-१८
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
बैकिङ कसुर वादी नेपाल सरकार
प्रतिवादी ईश्वरी पौडेल भएको बैकिङ कसुर (मु.द.नं. ०८०-C१-२३८८) मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतको
मिति २०८०।०९।१८ गतेको फैसलाले रू.१५,००,०००।- (पन्ध्र लाख) जरिबाना, ३(तीन) दिन कैद र मु.द.नं. ०८०-C१-७२१४ मा सम्मानित काठमाण्डौ जिल्ला अदालतको
मिति २०८०।११।१० गतेको फैसलाले रू.३८,००,०००।- (अठ्तिस लाख) जरिबाना, ७(सात) दिन कैद गरी जम्मा रू.५३,००,०००।-
(त्रिपपन्न लाख) जरिबाना, १०(दश) दिन कैद सजायँ ठहर भई
फरार रहेकी निम्न वतन भएकी ईश्वरी पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
मिति २०८२।१०।१५ गते जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. २ चपलीबाट पक्राउ
गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाईएको ।
पक्राउ
व्यक्तिको विवरण:-
१) नाम :- ईश्वरी
पौडेल
उमेर :- ४२ वर्ष
ठेगाना :- जिल्ला
रसुवा
कालिका गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा
नं. २ चपली