“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-१९
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने
भन्दै
लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका
विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- अन्जन भुजेल
उमेर :- २४ वर्ष
स्थायी वतन :- जिल्ला धादिङ
थाक्रे गा.पा. वडा नं.७ ।
हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।
देश :- न्युजिल्याण्ड
विगो रकम :- रु.१७,१०,०००।–
(सत्र लाख दश हजार)
पक्राउ मिति :- २०८२/१०/१८ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।
पीडित संख्या :- ५ जना ।
२. नाम थर :- नविन दमाई
उमेर :- ३१ वर्ष
स्थायी वतन :- जिल्ला सल्यान
वनगाड कुपिण्डे न.पा. वडा नं.४ ।
हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२६ ।
देश :- ग्रीस
विगो रकम :- रु.२,६०,०००।–
(दुई लाख साठी हजार)
पक्राउ मिति :- २०८२/१०/१८ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३२ ।
पीडित संख्या :- २ जना ।