“चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-१०-१९
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी जि. ईलाम चुलाचुली गा.पा. वडा नं. ५ घर भई जि.भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ बस्ने बर्ष ५० को रमेश, सुरेश माझी भन्ने भिम बहादुर विश्वकर्मा रसाईली भएको चोरी मुद्दामा{मुद्दा सङ्ख्याः-६(छ)} सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७८।०८।०२ गतेको फैसलाले निज प्रतिवादीलाई जम्मा जरिवाना: १,००,०००/-( एक लाख), कैद; ६(छ) बर्ष र क्षतिपुर्ती वापत रु. २,४००/-(दुई हजार चार सय) ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति मिति २०८२।१०।१८ गते अ. १७:०० बजेको समयमा जि.भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ बाट पक्राउ गरी मिति २०८२।१०।१९ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलमा उपस्थित गराईएको ।
पक्राउ व्यक्तिको विवरणः
१. नामथर: रमेश, सुरेश माझी भन्ने
भिम बहादुर विश्वकर्मा रसाईली
उमेर: ५० बर्ष
ठेगाना: जिल्ला ईलाम चुलाचुली गा.पा.
वडा नं. ५ घर भई जि.भक्तपुर चाँगुनारायण
न.पा. वडा नं. ३ बस्ने ।
मुद्दा: चोरी मुद्दा
मुद्दा संख्याः ६( छ) ।
पक्राउ
मिति: २०८२।१०।१८ गते ।
पक्राउ स्थान: जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ ।
अनुसन्धानको क्रममा खुल्न आएका तथ्य:
Ø जिल्ला प्रहरी परिसर ललितपुरमा निज प्रतिवादी उपर चोरी सम्बन्धी कसुर मुद्दा( ३ वटा) दर्ता रहि
फरार रहेको देखिन
आएको ।