“कारागारबाट फरार प्रतिवादीहरु पक्राउ”
२०८२-१०-१९
- A
- A-
- A+
मिति २०८२।०५।२४ गते भएको जेन्जी आन्दोलनको क्रममा विभिन्न मुद्दामा पुर्पक्ष तथा कैद भुक्तान गरी रहेका प्रतिवादीहरु कारागारबाट फरार भएका निज प्रतिवादीहरुको खोजतलासमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई निम्न स्थानहरुबाट पक्राउ गरी मिति २०८२।१०।१९ गते सम्बन्धित कारागारहरुमा पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः
१. नामथर:
अशोक लो
उमेर: ४१ बर्ष
ठेगाना:जि.ललितपुर
बागमती गा.पा. वडा नं. १ हुसेल बस्ने ।
हालः
ऐ.ऐ. बस्ने ।
मुद्दा: कर्तव्य ज्यान
सजायः २५ बर्ष कैद ठहर ।
पक्राउ मिति: २०८२।१०।१९ गते ।
पक्राउ स्थान:का.जि.
दक्षिणकाली न.पा. वडा नं.८ केराबारी ।
पठाईएको कारागारः कारागारा कार्यालय, नख्खु, ललितपुर ।
२. नामथर: अजय तामाङ भन्ने संजय तामाङ
उमेर: २१ बर्ष
ठेगाना: जि.रामेछाप
लिखु तामाकोशी गा.पा. वडा नं. ५
हालः का.जि.
गोकर्णेश्वर न.पा. ७ माकलवारी बस्ने।
मुद्दा: चोरी मुद्दा (पुर्पक्षमा रहेका)
पक्राउ
मिति: २०८२।१०।१८ गते ।
पक्राउ स्थान: जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ ।
पठाईएको कारागारः केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाण्डौ ।