“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-१०-२०
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी पुन्यवती जोशी भएको बैकिङ कसुर (मु.द.नं. ०७९-C१-२२३९) मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०८०।०१।१० गतेको फैसलाले निज प्रतिवादीलाई विगो बमोजिम रू.५,००,०००।- (पाँच लाख) जरिवाना, २(दुई) दिन कैद र रु.२०,०००।– (बिस हजार) पिडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेकी निम्न वतन भएकी पुन्यवती जोशीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२० गते जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. ७ हसनटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल,काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम :- पुन्यवती जोशी
उमेर :- ३८ वर्ष
ठेगाना :- जिल्ला
नुवाकोट विदुर न.पा. वडा नं ३ घर भई हाल जिल्ला
काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. ७ हसनटार बस्ने
मुद्दा:- बैकिङ
कसुर मुद्दा ।
पक्राउ मिति:-२०८२।१०।२० गते